कुचबिहार: कुचबिहार जिल्लाको शालमारा बजारमा रहेको एउटा सुन दोकानमा चोरीको घटना प्रकाशमा आएको छ।पुलिसले दिएको जानकारी अनुसार गत अबेर राति नाजिरहाट २ नम्बर ग्राम पञ्चायतको शालमारा बजारमा लगभग १५ जनाको चोरको एउटा दलले सुन दोकानको सटर भत्काएर बहुमूल्य गर-गहना सहित नगद रुपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। पुलिसले घटनाबारे दोकान मालिक अनन्त सरकारलाई खबर दिएपछि तिनी तत्कालै दोकानमा आइपुगे। यसपछि तिनले दोकानभित्र पसेर हेर्दा यहाँ राखेको क्यास बक्सबाट नगद पच्चिस हजार रुपियाँ लगायत लगभग लाख रुपियाँको सुन तथा चाँदीको गर-गहना चोरी भएको थाहा पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।











