कोविड़ सिक्किम: राज्य कोरोनामुक्त बन्दै

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा कोरोनाभाइरसको संक्रमणमा दैनन्दिन ह्रास आइरहेको छ। आज राज्यभरिबाट एक जना पनि कोरोना रोगी फेला नपरेको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ११४ जनाको नमूना जाँच गरेकाेमा कसैमा कोरोना संक्रमणको पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या ३ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०२५ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३११ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement