जीटीएभित्र डुवर्स तराईको ३९६ मौजाको जवाफ श्यामल सेन कमिटीले दिएको छ: बिरसा तिर्की

कालचिनी: आज कालचिनी क्षेत्रमा परिषदको कार्यक्रममा उपस्थित भएका अखिल भारतीय आदिवासी विकास परिषदको राज्य सभापति बिरसा तिर्कीले गोजमुमोले फेरि पनि डुवर्स-तराईको जुन ३९६ मौजाको कुरा अघि सारेका छन् त्यसको जवाफ २०११ सालमा जस्टिस श्यामल सेन कमिशनको रिपोर्टले दिइसकेको बताएका छन्l ‘फेरि त्यही दाबी लिएर गर्नु नै व्यर्थ हो’, उनले भने, ‘मौजाको दाबी लिएर विभिन्न निकायमा ज्ञापन र पोस्टर टाँस्नु उनीहरुको मौलिक अधिकार हो, यसमा विकास परिषदले रोक्ने कुरा आउँदैनl तर आज जुन ३९६ मौजाको कुरा गर्दैछन् त्यो मौजाको मालिक आदिवासीहरु हो अनि संविधानले र सरकारले यो सिद्ध गरेको छ।’

डुवर्समा आदिवासी गोर्खा-नेपाली दाजुभाईहरु मिलेर बसेको एकअर्काको दु:खसुखमा सबै साथमा रहेको तर यो गोर्खाल्याण्डको मुद्दामा पहाड़बाट आएर अशान्ति गर्न नदिइने र यसको लागि आदिवासी विकास परिषदको कार्यकर्ताहरु तयार रहेको पनि सजग गराएको छ। यता यसरी नै चिया सुन्दरीको विषयमा बिरसा तिर्कीले आफूले यसबारे कुनै टिप्पणी नगर्ने यसको वास्तविकता बुझेर टिप्पणी गर्ने बताए पनि जुन ठाउँमा चियापत्ती लगाएको छ त्यस ठाउँलाई उखालेर पर्यटन उद्योग गर्ने योजनाको अखिल भारतीय आदिवासी विकास परिषदले विरोध गर्ने किनभने चियागाँछ आमा समान हो यसलाई उखेल्न जल, जङ्गल र जमीनको अपमान गर्नु हो भनि बिरसा तिर्कीले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *