फीफा वर्ल्ड कपः जसोतसो म्याच जित्यो नीदरल्याण्ड्सले

photocollage_20221122113723710.jpg

२२ नोभेम्बरः नीदरल्याण्ड्सले फीफा वर्ल्ड कप २०२२-को जीतको साथ खाता खोल्यो। सोमवार राति खेलिएको ग्रुप ए-को म्याचमा नीदरल्याण्ड्सले लड़ाकू सेनेगललाई जसोतसो २-०-ले पराजित गऱ्यो। अल थुमामा स्टेडियममा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने डच टीमले जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। सेनेगलको लड़ाकू प्रदर्शनले शुरुदेखि नै दबाउमा रहने नीदरल्याण्ड्सले म्याचको दुवै गोल अन्तिम समयमा हासिल गऱ्यो। कोडी गाक्पोले ८४औं मिनटमा टीमलाई बढ़त दिलाए। त्यसपछि डेवी क्लासेनले स्टपेज टाइमको नवौं मिनटमा अझ एक गोल गरी नीदरल्याण्ड्सलाई २-०-ले जीत दिलाए। यस जीतको साथै नीदरल्याण्ड्स ३ पोइण्टको साथ गोल अन्तरको आधारमा ग्रुपको शीर्ष स्थानमा रहन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement