मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राखेर विधायकद्वारा पार्टीका कार्यकर्ताहरूसित बैठक

IMG_20220531_210725.jpg

राजगञ्ज। आगामी ७ जुनको दिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी उत्तर बंङ्गाल भ्रमणमा आउने भएकी छन्। मुख्यमन्त्रीले अलिपुरद्वार र जलपाइगढीलाई लिएर एउटा कर्मी सभा गर्ने भएकी छन्। यसैलाई लिएर आज राजगञ्जका विधायक खगेश्वर रायले मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राखेर राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको देवी चौधुरानी सभाकक्षामा पार्टीका कार्यकर्ताहरूसित एउटा बैठक गरे। यस अवसरमा खगेश्वर रायले भने, आगामी ७ जुनको दिन अलिपुरद्वार र जलपाइगढी जिल्लालाई लिएर मुख्यमन्त्रीले अलिपुरद्वारको परेड ग्राउनमा कर्मी सभा गर्ने भएकी छन्। यसैले सबै अञ्चलका प्रधान, अञ्चल सभापति लगायत नेतृत्वहरूलाई लिएर उक्त कर्मी सभाको तयारीबारे आज सभामा चर्चा परिचर्चा गरियो। राजगञ्ज विधानसभाबाट हजारौँको संख्यामा कार्यकर्ता तथा समर्थकहरूले उक्त कर्मी सभामा अंशग्रहण गर्ने तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *