नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २९४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,६९,७१५ पुगेको छ। त्यहिं गत ५ घण्टामा कोरोनाले १२ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,५९१ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ४८२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,३२,९१५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ६,२०९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,८३,७०९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २०,९२,२४,२४५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७४,३८६ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,८७,१२,९५२ जनाले यो खोप लगाइसकेको छन्।