एसकेएम पार्टीको समावेशी कार्यक्रम सम्पन्न

IMG_20221121_235540.jpg

नाम्ची: आज एसकेएम पार्टीको समावेशी कार्यक्रम मल्ली बजारमा सम्पन्न भयो। यस अवसरमा सिक्किमका विभिन्न क्षेत्रबाट १७ सयभन्दा अधिक परिवारले विभिन्न पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भए। पार्टीमा सामेल हुनेहरूलाई पार्टी अध्यक्ष पीएस तामाङले खदा लगाएर पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा र पुस्तक प्रदान गरे।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री एवं एसकेएम अध्यक्ष पीएस गोलेले एसकेएम पार्टीले काम नगरेर अरूलाई दोष दिने पार्टी नरहेको बताए। सिक्किममा बिस्तारै सुधार आइरहेको छ भन्दै सिक्किममा सुधार यात्रा गर्न जरूरी नरहेको बताए। उनले सुधार यात्रा गर्नेले पहिले बितरण गरेको झुटो एलटमेन्ट पत्रको जवाफ दिनुपर्ने बताए।
उनीहरूको यात्रा सिक्किम सुधार यात्रा नभएर एसडीएफ सुधार यात्रा रहेको उनले दाबी गरे। एसकेएम सरकार आउनभन्दा अघि सिक्किम जात र धर्मको नाममा विभाजित थियो, यी कुराहरूले गर्दा जनता डराइ-डराइ बाँच्नु पर्थ्यो भन्दै उनले एसकेएम सरकारले यस विषयमा सुधार ल्याएको उल्लेख गरे।
पार्टीरहित चुनाउ सिक्किममा राम्रो भएको अवगत गराउँदै उनले पार्टी र सरकारको दवाउबिना धेरैले यस चुनाउमा सहभागिता जनाएको जानकारी गराए। एसकेएम पार्टी समावेशी पार्टी भएको कारण सबैलाई समेटेर गाउँ-समष्टिको विकासलाई अघि बढाउने पार्टी रहेको उनले बताए।
पार्टीमा सामेल हुनेहरूलाई पुराना पार्टी कार्यकर्ताहरूले ह्रदयदेखि स्वागत गर्नुपर्छ भन्दै उनले उनीहरूको सहयोगले पार्टी र सरकार बलियो हुने अनि जनताको काम राम्रोसँग हुने अवगत गराए। नवनिर्वाचित पञ्चायतगण सबैलाई समेटेर काम गर्ने उनले अनुरोध गरे। सम्बोधनमा उनले राखिएका विभिन्न मागहरू पूरा गर्ने वचन पनि दिए।

यस्तै प्रकारले स्वागत भाषण राख्ने क्रममा एसकेएम पार्टीको मल्ली समष्टिका सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीले एसडीएफ सरकारको समयमा मल्ली समष्टिमा भएको भष्ट्रचारमा गणेश राईको पनि सहभागिता रहेको आरोप लगाउँदै आगामी दिनहरूमा त्यसको खुलासा गर्ने बताइन्।

कार्यक्रममा मन्त्री सञ्जित खरेल, मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, पार्टीको साङ्गठानिक महासचिव पवित्र मानव, पार्टीमा सामेल हुने नरवीर तामाङ, आरपी गुरूङ, एनबी प्रदान आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा मन्त्री एमएन शर्मा, बीएस पन्त, एलबी दास, विधायक आदित्य गोले, सुनिता गजमेर आदिको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *