आईएनटीटीयूसीद्वारा डीबीआईटीए कार्यालयमा ज्ञापन बुझाइयो  

INTTUC

बानरहाट: जलपाइगढी जिल्ला आईएनटीटीयूसीको तर्फबाट आज हल्दीबाड़ीस्थित डीबीआईटीए कार्यालयमा जिल्ला आईएनटीटीयूसीका सभापति  राजेश लाकड़ा उर्फ टाइगरको  नेतृत्वमा चियाबारीका श्रमिकहरूको  न्यूनतम मजदूरी अनि स्टाफ अनि  सब-स्टाफहरूको विभिन्न समस्याहरूको समाधान चॉंडो गरिनु पर्ने माग गर्दै आज ज्ञापन पत्र सुम्पिएको छ| यस ज्ञापन पत्र बुझाउने क्रममा भारी मात्रामा आईएनटीटीयूसीका कार्यकर्ता अनि समर्थक उपस्थित रहेका थिए| जिल्ला सभापति राजेश लकड़ाले यस विषयको जानकारी  गराउँदै भने, आज संगठनको तर्फबाट अनि डीबीआईटीए जलपाइगढीस्थित सीसीपीए कार्यालयमा श्रमिकहरूको न्यूनतम मजदूरी अनि कर्मचारीहरूको वेतन वृद्धिको मांगलाई लिएर आगामी दुई जूनमा सिलगढी डागापुरस्थित श्रम दफ्तरमा त्रिपक्षीय बैठक हुन गइरहेको छ| यस बैठकमा हामी चाहन्छौँ कि फेरि पनि मालिक पक्षले कुनै बहाना नगरी श्रमिकहरूको दिर्घदिनदेखिको मागलाई पूरा गरोस्| धेरै वर्षदेखि श्रमिकहरू न्यूनतम मजदूरीको निम्ति आन्दोलनरत् छन्|
प्रत्येकपल्ट मालिक पक्षले बहाना बनाउँदै उक्त न्यूनतम मजदूरीको मागलाई टाली रहेको छ| तिनले अझ भने चियाबारीहरू सरकारले चलाउँदैन निजी कम्पनीको अधिनमा चल्ने गर्छ| यसैले अब मालिकहरूले पनि श्रमिकहरूको मागलाई सुनेर यसको समाधान गर्ने पहल गरेको हुनुपर्छ| तिनले थप बताए चियाबारीका स्टाफ अनि सबस्टाफहरूको मजदुरी वृद्धि भएको छैन| वर्तमान समयको महंगाईलाई ध्यानमा राखेर हाजिरी वृद्धि गर्नुपर्ने छ| उनले आजदेखि जोइन्ट कमिटीद्वारा डाकिएको ७२ घण्टाको विरोध गर्दै भने यसरी काम बन्द गरेर कसैको पनि  समस्याको समाधान हुँदैन| हाम्रो संगठनद्वारा धरना,ज्ञापन अनि सभाहरूद्वारा श्रमिकहरूलाई जागरूक गराउदै आन्दोलनको कर्मसुची तयार गरिने बताए| आजको यस ज्ञापन बुझाउने क्रममा जिल्ला सभापति राजेश लाकडासँगै बानरहाट ब्लक आइएनटीटीयुसी सभापति रञ्जित लाकडा,पञ्चायत समिति सदस्य पुकार लामा,राजेश शर्मालगायत अन्य उपस्थित रहेका थिए|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *