रेगुमा शुरू भयो दुई दिवसीय रेगु मत्स्य उत्सव

IMG-20221121-WA0292.jpg

एसकेएम पार्टी सरकारमा आएपछि गाउँतिर विकास फर्कियोः मन्त्री नेपाल

गान्तोक: छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत रिगुमा आजेदखि दुई दिवसीय रेगु मत्सय उत्सव शुरू भयो। राज्यको मत्सय पालन निर्देशालय र रिगु फार्मर्स एसोसिएशनको संयुक्त पहलमा आयोजित आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूमा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल रहेका थिए भने विशिष्ट अतिथिहरूमा रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवडा र छुजाचेन निर्वाचन क्षेत्रका विधायक केबी राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक खतिवडाले यस क्षेत्रका विधायकको सहयोगमा यहाँ विभिन्न पूर्वधारको विकास गरिरहेको बताए। अबोप्रान्त यहाँ हुने विकासका कार्यहरू नवनिर्वाचित पञ्चायत र जिल्लापञ्चायतहरूलाई लिएर गर्ने पनि उनले घोषणा गरे। यो क्षेत्र धेरै पछौटे परेको हुनाले अब यहाँ विकास गर्नुपर्ने आवश्यकता रहेको उनले महसुस गरे। विशेष गरेर यस क्षेत्रणा सडकको समस्या रहेको हुनाले शीघ्र समाधान गर्ने विधायकले आश्वासन दिए।अब भाषण मात्र गरेर नहुने बताउँदै काम गरेर देखाउने पनि उनले थप जानकारी गराए। यस क्षेत्रको विकासको निम्ति स्थानीय विधायकसँग मिलेर योजना बनाउने पनि उनले अवगत गराए। यस क्षेत्रमा अवश्य पनि काम गर्ने उनले बचन दिए। रिनाक निर्वाचनलाई जस्तै यस क्षेत्रलाई पनि माया गरेर काम गर्ने बताए।यस क्षेत्रका जनता समयमा मात्र चहल पहल गर्नुपर्ने सुझाउ दिए। पच्चीस वर्षसम्म शासन गरेको पूर्व सरकारले यस क्षेत्रमा कुनै पनि विकासको कार्यहरू नगरेको आरोप लगाए। यदि यहाँ कुनै पार्टीको कार्यालय खोलिएमा विकासको काम ठप्प हुन सक्ने विधायक खतिवडाले संकेत दिए। आगामी 6 महिनाभित्रमा यस क्षेत्रमा विकास ल्याउने दावी गरे।

यसै क्रममा मुख्य अतिथि मन्त्री लोकनाथ नेपालले आफ्नो सम्बोधनमा एसकेएम पार्टी सरकारमा आएपछि सरकारको सोंच गाउँतिर फर्किएको बताए।सरकारले ग्वाला दिवस शुरू गरेर विश्वमा नै उदारहण प्रस्तुत गरेको मन्त्रीले जानकारी गराए। राज्यका कृषकहरूलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्नको निम्ति विभिन्न व्याङकहरूले सहयोग प्रदान गरिरहेको अवगत गराए। डिग्री हातमा लिएर मात्र नहुने र अब क्षमता विकास गर्नुपर्ने समयको माग रहेको उनले बताए। सरकारले विभिन्न प्रकारको योजना शुरू गरेको र यसको लाभ युवाहरूले उठाउनु पर्ने मन्त्रीले आग्रह गरे।विगत सरकारमा कहिले पनि मत्सय उत्सव पालन नगरिएको दावी गरे। कार्यक्रममा गायक प्रितम राईको भीडियो अल्बमको पनि बिमोचन गरियो। यस अवसरमा राज्यको छ वटै जिल्लाका उत्कृष्ट माछा पालकहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *