भारतीय गोर्खा भूपू सैनिक कल्याण संगठनद्वारा सभासितै विभिन्न कार्यक्रम

IMG-20221121-WA0291.jpg

दार्जीलिङ: भारतीय गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन शहरी क्षेत्रको हिज स्थानीय दार्जीलिङको रेडक्रस परिसरमा १५औं वार्षिकी सभासितै विभिन्न रंगारंग कार्यक्रमको आयोजना गरियो।
उक्त सभा ह0 ले0 जेबी गुरूङको अध्यक्षता, ह0 क्याप्टन केबी घिसिङको प्रमुख आतिथ्य साथै उपसभापति इन्स्पिेक्टर शरण पोर्तेल, सचिव सुबेदार डीबी गुरूङ, कोषाध्यक्ष इन्स्पिेक्टर रघुवीर गुरूङ, आइसीका सचिव सुबेदार मेजर एसबी राई, ह. क्याप्टन तारा तामङ अनि ह. क्याप्टन आरके मोक्तानलगायत अन्य अतिथिको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। संगठनका प्रतिनिधि अरूण क्षेत्रीद्वारा विधिवत सञ्चालन गर्दै स्वागत सम्बोधन राखेको यस कार्यक्रमको प्रथममा अतिथिहरूमा स्वागत जनाएपछि संगठनका दिवंगत सदस्य एवं प्रतिनिधिहरूको आत्माशान्तिको कामना राख्दै उपस्थित सबैबाट मौनधारण सम्पन्न गरियो। यसपछि संगठनका सम्पूर्ण क्षेत्रका संयोजकहरूलाई पनि उक्त समारोहबीच सम्मानित गरियो। यसपछि संगठन सचिव डीबी गुरूङले आजको दिन संगठनको १५औं स्थापना दिवस तथा जन्मदिन हो भन्ने बताउँदै आफ्नो स्थापना कालदेखि यस संगठनले गर्दै आएका सम्पूर्ण लेखाजोखालाई सविस्तार उपस्थित प्रतिनिधि एवं अतिथिवर्गअघि प्रस्तुत गरे। यसको साथै आगामी दिनमा संगठनले गर्नपर्ने विषयबूँदालाई पनि सबैअघि राखे। यसपछि संगठनको विशेष हरहिसाबबारे प्रमुख कोषाध्यक्षको पक्षमा इन्स्पिेक्टर रघुवीर गुरूङले सम्पूर्ण विवरणलाई सम्पूर्णरूपमा सदस्यहरूलाई प्रकाश पारे भने उक्त हिसाब किताबको फाँटवारीलाई सबै सदस्यहरूमा वितरण गरे।
कार्यक्रमको अर्को चरणमा जीवन वीमा अनि पोस्ट अफिसबाट प्राप्त गर्न पाउने सहुलियतबारे उपस्थित प्रतिनिधि सेल्स म्यानेजर अनि पोस्ट अफिसबाट दुर्घटना बीमाबारे भारतीय डाग विभागबाट सुविधा र सहुलियतबारे सीमा गुरूङले स्पष्ट पारे। यसपछि भारतीय गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन शहरी क्षेत्रका प्रतिनिधिहरूका परिवारका सदस्यहरूले कतिपय विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै समाज अनि देशमा आफ्नो नाम राख्ने कार्य गरेका छन् ती सदस्यहरूलाई यसै समारोहबीच सम्मान पत्रद्वारा सम्मानित गरियो। उक्त सम्मान पठन सबिता संकल्प, सृजना तामाङ, थामी अनि उमा शर्माद्वारा पठन गरियो। उक्त समारोहमा भावना लामा, शान्ति लामा, मेजर तपनकुमार तामाङ, सीमा गुरूङ, श्री विजेन्द्र शर्मा आदिलाई सम्मानित गरियो। कार्यक्रमको अर्को चरणमा संगठन साथै उक्त समारोहको अध्यक्ष ह. ले. जेबी गुरूङले समारोहलाई सम्बोधन गर्दै सबैप्रति आभार प्रकट गरे यसको साथै सभामा सक्रियरूपमा उपस्थित भएवापत् सबैप्रति धन्यवाद ज्ञापन गरे। उक्त कार्यक्रममा विभिन्न खेलहरू राखिएको अनि यसलाई सबैले मनोरञ्जन गरेर जाने बताए यसको साथै लटरी पनि राखेको बताउँदै यस पुरानो कमिटिलाई विघटन गरे। यसपछि सम्पूर्ण संयोजकहरूले नयाँ कमिटिका प्रतिनिधिहरू चयन गर्ने जिम्मेवारी सुम्पिएको हुनाले यस नयाँ कमिटिमा नियमअनुसार भोटको हिसाबले नयाँ कमिटिमा सभापति जेबी गुरूङ, सचिव डीबी गुरूङ, कोषाध्यक्ष केबी तामाङ मनोनित गरिएका छन् जुन विवरणलाई सचिव अरूण छेत्रीले सभा अघि राखे। कार्यक्रममा गोफ्लु छेत्री कविता प्रस्तुत गरे। यसपछि सबैको मनोरञ्जनको निम्ति राखिएको तीनवटा खेलहरू खेलाइयो यसपछि अन्त्यमा लटरीको परिणामलाई पनि सबैअघि प्रस्तुत गरेका थिए भनी संकल्प प्रोडक्शनको पक्षमा सबिता संकल्पले जानकारी दिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *