बिरसा तिर्कीको उपस्थितिमा अभाआविप यूनिट कमिटी गठन

कालचिनी: कालचिनी खण्डको पूर्व साताली ग्राम पञ्चायत क्षेत्रमा आज अखिल भारतीय आदिवासी विकास परिषदको राज्य सभापति बिरसा तिर्कीको उपस्थितिमा अभाआविपको पूर्व साताली ग्राम पञ्चायत यूनिट कमिटीको घोषणा कार्यक्रम सम्पन्न भयो। उक्त सभामा आइपुगेका राज्य सभापति बिरसा तिर्कीलगायत अभआविप अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा, कालचिनी ब्लक सभापति छोटेलाल कुजूर, पूर्व विधायक पवन लाकड़ा आदिवासी नेता शिवचरण महली एवं अन्यान्यको उपस्थिति रहेको थियो।

सभामा पूर्व साताली यूनिट कमिटीको घोषणा साथै सबैलाई परिषदको नियम बारे अध्यक्ष बिरसा तिर्कीले बताउँदै आदिवासी फुटेर होइन जुटेर एकबद्ध हुन जरुरी रहेको आह्वान गरेका थिए। आदिवासीको हक र अधिकारको निम्ति धेरै सरकारलाई अवगत गराउँदै आएको तर वर्तमान राज्य सरकारको मुख्यमन्त्री ममता ब्यानर्जीले हामीले दाबी राखेको जम्मै पुरा गर्दै आईरहेको र दलीय भावनाले होइन तर जुन सरकारले हामीलाई माया गरिरहेको छ त्यसबारे सोँच्ने पनि आदिवासीहरुको कर्तव्य रहेको आह्वान गरेको थियो भने पार्टीमा विभाजित मात्र नभएर परिषदको मञ्चमा आएर आदिवासी कल्याणको कुरा राख्ने आग्रह पनि तिनले गरेका थिए। यता पूर्व साताली ग्राम पञ्चायत यूनिटको सभापति देबकुमार लाकड़ा, सचिव विश्वनाथ उराँव र कोषाध्याक्ष बिजय मिञ्जले आज बाबा बिरसा तिर्की स्वयं आएर कमिटीलाई अनुमोदन गर्दै आशिर्वाद दिएकोमा खुशी लागेको र आउँदो दिनमा परिषदको आदेशअनुसार आदिवासी हितमा काम गर्ने जनाएका छन्।

About Author

Advertisement