एसटीएस र कुमुद एफसी सेमिफाइनलमा

३१ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मेला ग्राउण्डमा भएको दिनको पहिलो म्याचमा कुमुद एफसीले पीवाईएस रोंगचोंगलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमले अब दोस्रो सेमिफाइनलमा नेक्सस १३-को चुनौती स्वीकार्नेछ। यसरी नै अन्य एउटा क्वार्टर फाइनलमा स्टेट ट्राइबल स्कूल (एसटीएस)-ले होम्स युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल छेवांग एन-ले ५३औं मिनटमा छिराए। एसटीएस-ले अब सेमिफाइनलमा यूजीएफसी, गितडाब्लिंगको चुनौती स्वीकार्नेछ। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल अब ६ जूनमा हुनेछ। केही तक्निकी समस्याले गर्दा फाइनलको मिति पछि सारिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *