खरसाङको डाउहिल रोडको मुर्दाहट्टी अनि नयाँ बस्ती सेक्सन एरिया जाने बाटोको निर्माण कार्य शुरू

IMG_20221121_204353.jpg

खरसाङ: आजदेखि खरसाङको डाउहिल रोडको ग्लेनहिल गोलाईदेखि मुर्दाहट्टी अनि नयाँ बस्ती सेक्सन एरिया जाने बाटोको निर्माण कार्य शुरू भयो।सभासद श्याम शेर्पाको उपस्थितिमा यो निर्माण कार्यको श्रीगणेश गरियो। यस अवधि सभासदले बाटो निर्माण कार्य बारेमा भने, धेरै दिनदेखि जनसाधारणले झेल्दै गरेको समस्याको समाधान हेतु आजदेखि बाटोको निर्माण कार्य शुरू भएको छ। यो बाटोलाई गुणस्तरको बनाउनको लागि सबैले सहयोग गर्नु पर्नेछ र ठेकेदारहरूले पनि लापर्वाही नगरिदिने र यो बाटो एउटा उदाहरणको रूपमा नै बनोस् भन्ने सबैले सोंच राखेर सहयोग गरिदिनु हवस्। बाटो निर्माण कार्य नसकेसम्म जनसाधारणलाई केही असुविधा हुन जान्छ होला यसको लागि हामी खेद प्रकट गर्दछौं। सडक निर्माण कार्यको अवधि जनसाधारणले हनुमानजी रोडबाट गाडी चलाइदिने साथै डाउहिल, भिक्टोरिया र चिम्नी देवराली जाने ट्रकहरु, जो हनुमानजी रोड भएर कुद्धे तिनीहरुले केही दिन उक्त क्षेत्रमा नकुदाइदिने कारण निर्माण कार्य भएको ठाउँमा बाटो बन्द हुनेछ। उक्त कार्यको लागि सभासद श्याम शेर्पाले जीटीए चिफ अनित थापाप्रति सम्पूर्ण समष्टिवासीको तर्फबाट आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *