मुख्यमन्त्रीले पार्टी कार्यकर्तालाई स्वास्थ्य बारे हँस्यौली गर्दै सोधिन्  

मुख्यमन्त्री तथा तृणमूल प्रमुख ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री तथा तृणमूल प्रमुख ममता ब्यानर्जीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी पार्टी कार्यकर्तासँग रमाइलो ढंगले कुरा गरिरहेकी छन्। भाइरल भिडियोमा उनी पार्टी कार्यकर्तासँग तौल र स्वास्थ्यका बारेमा कुरा गरिरहेको देखिन्छ। भिडियोमा पार्टीका एक कार्यकर्ताले बयान दिइरहेको देख्न सकिन्छ। त्यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीले उनीहरूलाई रोक्छिन् र भन्छिन्, ‘तपाईको पेट जसरी बढ्दैछ, त्यसरी तपाई लड्न सक्नुहुन्छ। तपाई अस्वस्थ हुनुहुन्छ?’ त्यसपछि पार्टी कार्यकर्ताले आफूलाई कुनै रोग नभएको, पूर्णतया फिट भएको बताउँछन्। आफूलाई न त मधुमेह न त रक्तचाप नै भएको उनी बताउँछन्। पार्टी कार्यकर्ताले मुख्यमन्त्रीलाई आफ्नो दिनचर्या पनि बताउँछन्।

यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई फेरि हस्यौलीको रुपमा भन्छिन्, ‘केही न केही समस्या त छl’। ‘यति ठूलो ‘मध्य प्रदेश’ कसरी हुनसक्छ?’, यसको जवाफ दिँदै कार्यकर्ता भन्छन्, ‘हरेक दिन बिहान पकौडा खान्छु, त्यसैले पेट बढेको छ।’ मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई सोधिन्, उनी दैनिक व्यायाम गर्छन् कि गर्दैनन्? यसबारे पार्टी कार्यकर्ताले आफूले दैनिक एक हजार कपाल भाटी प्राणायाम गरेको तर कुनै फाइदा नभएको बताउँछन्। यसबारे उनले यो सम्भव नहुने बताइन्। ‘मलाई १००० कपाल भाटी देखाउनु भयो भने १० हजार रुपियाँ दिन्छु। यस संवादमा बैठकमा बसेका पार्टीका अन्य कार्यकर्ता हाँसेको देखिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *