सिङलिङ स्पोर्टिङ क्लब दोस्रो मन्त्री गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा

IMG-20221121-WA0280.jpg

सोरेङ: सिङलिङ स्पोर्टिङ क्लब दोस्रो मन्त्री गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। खेल आरम्भ भएको १९औं मिनटमा सिङलिङ स्पोर्टिङ क्लबका स्ट्राइकर सञ्जय राई (९) ले खुबै आकर्षक गोल गरेर टिमलाई एक गोलको बढत दिलाए। पहिलो हाफ दुवै टिमबिच कडा भिडन्त भए तापनि सिक्किम हिमालय स्पोर्टिङ क्लबले गोल फर्काउन सकेन।
दोस्रो हाफको खेल पनि निकै गर्मागर्मी रह्यो। सिङलिङ स्पोर्टिङ क्लबको तर्फबाट दोस्रो गोल सोमकुमार मगर (१०) ले गरेर सिङलिङलाई बलियो स्थितिमा पुऱ्यायो। यसरी सिङलिङ स्पोर्टिङ क्लबले सिक्किम हिमालय स्पोर्टिङ क्लबलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै टुर्नामेन्टको फाइनलमा स्थान पक्का गरेको छ। फाइनलमा सिङलिङ र युनाइटेड ब्रदर्स कालेबुङसॅंग उपाधिको निम्ति भीडन्त हुनेछ। आजको म्याचमा उत्कृष्ट खेलाडी सिङलिङको सोमकुमार मगर बने। दरमदिन खेलकुद संघद्वारा आयोजित दोस्रो मन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको दोस्रो सेमिफाइनलमा राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागमा मन्त्री भीम हाङ सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसै गरी, क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, नवनिर्वाचित जिल्ला र ग्राम पञ्चायतगण, सरकारी अधिकारीगण, विभिन्न शैक्षिक संस्थानका प्रमुख, सेवानिवृत्त वरिष्ठ सरकारी अधिकारीगण, नागरिक समाज र संघ-संस्थानका प्रतिनिधिहरू र खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement