प्रतिबन्धित नशालु पदार्थको साथमा दुइजना पक्राउ

5079-1.jpg

गान्तोक: दुई व्यक्तिलाई रम्फू पुलिसले चेकपोस्टबाट प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूको नाम राजु विश्वकर्म र प्रमोद दर्नाल रहेको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, नियमित वाहन जॉंचको क्रममा पुलिसले रम्फू चेकपोस्टमा दुई व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गऱ्यो। उनीहरू एउटा बसमा यात्रा गरिरहेका थिए। जॉंचको क्रममा पुलिसले एउटा झोलाबाट १५६८ स्पास्मो प्रोक्सिवन क्याप्सुल, १० वटा एन-१० ट्याबलेट र ३० वटा नाइट्राजेपम ट्याबलेट फेला पाऱ्यो। पुलिसले दुई व्यक्तिलाई पक्राउ गरेर साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement