भागोप्रमो महकुमा कार्यलयमा समर्थन कार्यक्रम सम्पन्न

खरसाङ: आज भागोप्रमो महकुमा कार्यालयमा एक समर्थन कार्यक्रम सम्पन्न भयो। खरसाङका वार्ड नम्बर एक अनि सात नम्बरका युवाहरुले भागोप्रमोलाई समर्थन जनाएका छन्। केन्द्रीय अध्यक्ष अनित थापाको कुशल ब्यवहार , नेतृत्व अनि सरल स्वभावको कारण पार्टीमा समर्थन जनाएको उनीहरूले बताएका छन्।
यस समर्थन कार्यक्रमलाई टाउन कमिटीको मूल सचिव सूर्य कमल छेत्रीले संचालन गरेका थिए भने पार्टीको तर्फबाट २८ नम्बर समष्टिका उम्मेद्वार श्याम शेर्पा, महकुमा समिति कार्यकारिणी सदस्य नर्बु योन्जन, २८ नम्बर समष्टि नारी शक्ति सभापति सुषमा मुखिया, टाउन कमिटि सभापति सबिता कार्की, उप सभापति चित्रकला लामा, टाउन कमिटि सांगठनिक सचिव पेन सेवा, प्रचार प्रसार सचिव बिरबल पाखरीन, कार्यकारिणी सदस्य पुष्प प्रधान, संजय राउत, भोला राउत, पूर्व वार्ड पार्षदहरु मोहन राई, राजु सेवा अनि वार्ड नम्बर सातको युवा सभापतिको बाहुलीबाट खदा साथै पार्टीको झण्डा समर्थन गर्ने युवाहरूले ग्रहण गरे। पार्टीमा समर्थन गर्ने युवाहरूले पार्टीको उम्मेद्वार श्याम शेर्पालाई आगामी जीटीए चुनाउमा पूर्ण सहयोग गर्ने वचन दिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement