मालबजारका हर्षित प्रसाद आईआईपीए अवार्ड २०२२ ले सम्मानित

f9579357-2049-47c0-97dc-f480c3fa5622

मालबजार – कोरोना महामारीको समयमा संसारभरिका मानिसहरू जीविकाआर्जन, रोटी र आधारभूत आवश्यकताका लागि संघर्षको जीवन बिताउन बाध्य भएका छन्। अर्कोतर्फ, कोरोनाको समयमा पनि केही व्यक्तिहरू आफ्नो सामाजिक गतिविधि र विपन्न परिवारको सेवामा पूर्ण रूपमा समर्पित थिए। जसमा मालबजारका हर्षित प्रसादले पनि कोरोनाको समयमा खाँचोमा परेका परिवारका लागि धेरै राम्रो काम गरेर समाजमा उदाहरण बनेका छन्। मालबजार निवासी तथा भारतीय सामाजिक सेवा संस्था वीएसएसएस पश्चिम बङ्गालका युवा अध्यक्ष हर्षित प्रसादलाई कोरोना अवधिदेखि गरिब परिवारका लागि राम्रो सामाजिक कार्य गरेकोमा आईआईपीए अवार्ड २०२२ (इन्डियन इन्टरनेशनल पर्सनालिटी अवार्ड) प्रदान गरिएको छ। हर्षित प्रसादलाई आइतवार राति दिल्लीको एनसीआरको एक होटलमा आयोजित एक कार्यक्रममा मोमेन्टो र प्रमाणपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा चर्चित कलाकार रेश्मी देसाई पनि थिइन् । सम्मान पाएपछि पत्रकार सम्मेलन गर्दै समाजसेवी हर्षित प्रसादले भने, यो आफ्नो लागि ठूलो उपलब्धि भएको बताए । यस सम्मानले अझै सामाजिक काम गर्ने प्रेरणा मिलेको छ।  यो सम्मानका लागि एउटा सानो सहर मालबजारबाट तिनको नाम पनि छनौट भएको थियो। यस सफलताको पछाडि, तिनले आफ्नो सम्पूर्ण वीएसएसएस टोलीको कडा परिश्रमलाई दिन्छ। तिनले यस अवार्डका लागि सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् । उक्त अभिनन्दन कार्यक्रममा बिएसएसका तर्फबाट प्रदेश महासचिव विमल राई, सचिव अधिराज पाल, सञ्जीवकुमार पुरी लगायतको उपस्थिति रहेको थियो । उल्लेखनीय छ, यसअघि पनि तिनलाई कोरोना अवधिदेखि हालसम्म गरेको सामाजिक कार्यका लागि विभिन्न स्थानबाट सम्मानित भइसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *