गान्तोक: आधारमा नाम दर्ताका साथै यसको उपयोग सरल बनाउने आवश्यकतालाई ध्यानमा राख्दै युआइडीएआइ, क्षेत्रीय कार्यालय, गुवाहाटीद्वारा पश्चिम सिक्किमअन्तर्गत गेजिङमा पहिलो जिल्ला स्तरीय आधार निगरानी समितिको बैठक आयोजन गरियो। उपजिल्लापालको अध्यक्षतामा आयोजित बैठकमा जिल्लाका वरिष्ठ अधिकारीहरूका साथै युआइडीएआइ, क्षेत्रीय कार्यालय, गुवाहाटीका अधिकारीहरू उपस्थित थिए।
बैठकमा निम्नलिखित विन्दुमाथि चर्चा गरियो:
- सबै आयुवर्गमा अनिवार्य रूपमा आधारको सन्तृप्ति स्तर हासिल गर्नका साथै बालकहरूको अनिवार्य रूपमा बायोमेट्रिकको अद्यतन (पाँच वर्ष पुगेपछि र यसपछि १५ वर्ष पुगेपछि बायोमेट्रिक विवरणको अद्यतन)।
- दस्तावेजहरू अद्यतन अभियान (युआईडीएआईले हालै नयाँ दिशानिर्देश जारी गरेको छ, जसमा १० वर्षभन्दा अघि आधार जारी गरिएको भए तापनि विवरण अद्यतन नगरिएको भए पहिचानका साथमा ठेगानाको प्रमाण सम्बन्धी दस्तावेजको अद्यतन गर्नुपर्नेछ)।
- आधारमा नाम दर्ता गर्ने परितन्त्रको सुदृढिकरण।
- युआइडीएआइ, राज्य पञ्जियक तथा सीएसई ई-गभद्वारा जिल्ला, महकुमा, खण्ड स्तरमा आधार सेवा केन्द्रको स्थापना।
- आधार दर्ता केन्द्रहरूको निगरानी एवं अङ्केक्षण।
- विभिन्न योजनामा आधारको उपयोग तथा सम्बन्धित विषय।
- आधारसँग जोडिएको जन्म पञ्जिकरणको कार्यान्वयन (एएलबीआर)।
- आधारसित सम्बन्धित कीर्ते गतिविधिहरूको निगरानी।
- अतिरिक्त दर्ता एवं अद्यतन केन्द्रहरूको आवश्यकताका साथमा नसमेटिएका क्षेत्रहरूमा दर्ता केन्द्रको उपलब्धता (जिल्ला कारागर, अनाथ आश्रम, दुर्गम इलाकाहरू आदि)।
- अनुहारको प्रमाणिकरण मार्फत् पेन्सनभोगीहरूलाई डिजिटल प्रमाणपत्र।
युआईडीएआईका अधिकारीहरूसँग विस्तारका साथ अन्तरक्रिया गर्दै आधारको उपयोग बढाउने सम्बन्धमा शङ्काहरूको उपस्थित अधिकारीहरूले शङ्का निवारण गरे। सिक्किमको रहल जिल्लाका लागि जिल्ला स्तरीय आधार निगरानी समितिको बैठक चाँडै आयोजन गरिनेछ। -पीआईबी