सिलगढ़ी प्रीमियर लीगः महानन्दा स्पोर्टिंग क्लब सजिलै विजयी

IMG-20221121-WA0262.jpg

२१ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा महानन्दा स्पोर्टिंग क्लबले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा सोमवार भएको म्याचमा महानन्दा स्पोर्टिंग क्लबले सिलगढ़ी किशोर संघलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जितेन मुर्मुले पाँचौं, तारक हेम्बरमले ५९औं, करण राईले ६५औं र देवदित्य सरकारले स्टपेज टाइमको चौथो मिनटमा गोल गऱ्यो। सिलगढ़ी किशोर संघबाट सौरभ विश्वासले २८औं मिनटमा १ गोल गरे। विजेता टीमका बासुदेव मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा विवेकानन्द क्लब र आठेरोखाइ सरोजनी संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *