भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई जिताउन सभा सम्पन्न

IMG-20220531-WA0144.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई तीनधारे महानदी समष्टिको पक्षबाट समर्थन र साथ दिने भएको छ। पार्टीको सांगठनिक सभा तीनधारेको २० माइलस्थित स्मृति वनमा सम्पन्न भएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई सबैलो साथ र सहयोग दिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सचिव सञ्जीव लामाले हाम्रो समष्टीको प्रार्थी नवराज छेत्रीलाई हामी सबै मिलेर साथ र समर्थन दिएको र उनलाई जिताउन हामी लागिपरेको बताएका छन्। तीनधारेको स्मृति वनमा भएको उक्त कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय, महकुमा र समष्टि स्तरीय नेताहरू साथै नारी शक्ति, युवा शक्ति र भातृ संगठनहरूका पदाधिकारीहरू उपस्थित भएर भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीलाई जिताउने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *