केन्द्रीय  मन्त्री अनुरागसिंह ठाकुरद्वारा आईएफएफआई-५३ मा भारतीय चित्रमाला खण्डको उद्घाटन

00-Anurag-Singh-Thakur-felicitating-Divya-Cowasji-Director-of-the-film-The-Show-Must-Go-On

गान्तोक: गोवामा आयोजित भारतको ५२औं अन्तरराष्ट्रिय चलचित्र उत्सवको भारतीय चित्रमाला खण्ड, भारतभरीबाट सङ्ग्रहित कथाहरूलाई ठूलो पर्दामा ल्याउने वचनका साथ आज शुभारम्भ गरियो। उद्घाटन समारोहमा दर्शकहरूलाई यस वर्षका लागि भारतीय चित्रमाला २०२२ अन्तर्गत आइएफएफआइका लागि चयनित २५ कथानक अनि २० गैर कथानक चलचित्रहरूबारे परिचय दिइयो। यस अवसरमा बोल्दै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अनुरागसिंह ठाकुरले आइएफएफआइमा प्रदर्शित चलचित्रका निर्माताहरूलाई बधाई दिए। यसका साथै भारतीय चित्रमालाका लागि सर्वश्रेष्ठ चलचित्रहरू चयन गर्नका लागि समय दिएवापत् निर्णायक मण्डलीप्रति पनि आभार व्यक्त गरे।

यसै क्रममा केन्द्रीय सूचना एवं प्रसारण सचिव अपूर्व चन्द्रले भारतीय चित्रमाला खण्डमा देशको चारै कुनाबाट चयन गरिएका श्रेष्ठ चलचित्र प्रदर्शित गरिने जानकारी दिए। केन्द्रीय  मन्त्री अनुरागसिंह ठाकुरले शुरुवाती चलचित्र “हदिनेलेन्तु” (कथानक) र “द शो मस्ट गो अन” (गैर कथानक) चलचित्रका निर्मातालाई पनि अभिनन्दन जनाए। गैर कथानक चलचित्र “द शो मस्ट गो अन”का निर्देशक दिव्य कोवासजीले भने, “लकडाउनको समय चलचित्र निर्माता रहेका भाइसँग घरमा रहेको बेला पुराना पारसी थिएटरका कलाकारहरूको अभ्यासका समय खिचिएका फिल्मको सम्पादन गर्ने निर्णय लिएका थियौं। मञ्चबाट ३० वर्षभन्दा धेरै समयसम्म टाढा रहेका उनीहरू अन्तिम प्रस्तुतिका लागि आइरहेका थिए। अन्तिम प्रदर्शनीको फूटेजको सम्पादन गर्दा पारसी थिएटरका महान कलाकारहरूप्रति मेरो प्रेम जाग्य र गर्वका साथ भन्नसक्छु, यो चलचित्र सम्पादनको टेबलबाट रचना भएको हो।”

कथानक चलचित्रको शुभारम्भ हदिनिलेन्तु, यसका निर्देशकको चौथो चलचित्र हो, जुन अन्तरराष्ट्रिय चलचित्र उत्सव, बुसान २०२२ मा पनि प्रदर्शित गरिनेछ। निर्देशक पृथ्वी कनोनुरले फिल्मको निम्ति सम्मान प्रदान गरेवापत् आइएफएफआइप्रति आभार व्यक्त गरे। यस चलचित्रमा आजको समय शहरी समाजका किशोरहरूले सामना गरिरहेका संवेदनशील विषय प्रस्तुत गरिएको उनले बताए। भारतीय चित्रमाला आइएफएफआइको ध्वजवाहक घटक हो जस अन्तर्गत सर्वश्रेष्ठ समकालीन भारतीय चलचित्रलाई चलचित्र कला प्रोत्साहित गर्ने उद्देश्यका साथ चयन गरिन्छ। यो भारतीय चलचित्रका साथमा भारतको समृद्ध संस्कृति अनि चलचित्र कला प्रोत्साहित गर्ने उद्देश्यका साथ सन् १९७८ मा आइएफएफआईअन्तर्गत शुरुवात गरिएको हो। कार्यक्रमको क्रममा केन्द्रीय सूचना एवं प्रसारण मन्त्री ठाकुरले निर्णायक मण्डलीलाई पनि अभिनन्दन जनाए।

भारतीय चित्रमाला अन्तर्गत चयन भारतव्यापी रूपमा चलचित्र जगतका लब्धप्रतिष्ठ व्यक्तित्त्वहरूद्वारा गरिन्छ, जसमा कथानक चलचित्रका लागि १२ जना र गैर कथानक चलचित्रका लागि ६ जना सदस्य रहेको निर्णायक मण्डली सामेल हुन्छन्। व्यक्तिगत विशेषज्ञता अनुसार प्रतिष्ठित निर्णायक मण्डलीले सहमतिका साथ सम्बन्धित श्रेणीअन्तर्गत भारतीय चित्रमालाका लागि चलचित्रहरूको चयन गर्दछन्।

कथानक चलचित्रका लागि निर्णायक मण्डलीको नेतृत्त्व विख्यात निर्देशक एवं सम्पादक विनोद गणत्र रहेका थिए। यसै गरी गैर कथानक चलचित्रका लागि निर्णायक मण्डलीको नेतृत्त्व प्रतिष्ठित चलचित्र निर्माता, लेखक एवं राष्ट्रिय चलचित्र पुरस्कारले सम्मानित ओइनाम डोरेनले गरेका थिए। भारतीय चित्रमाला खण्डलाक लागि चयनित चलचित्रहरूले चलचित्र कला प्रोत्साहित गर्नका अतिरिक्त भारत अनि विदेशहरूका साथै द्विदेशीय सांस्कृतिक विनिमय कार्यक्रमका अथिरिक्त सांस्कृतिक विनिमय नवाचार बाहिर विशेष भारतीय चलचित्र उत्सव तथा विशेष भारतीय चित्रमाला उत्सवहरूमा निर्लाभ रूपमा पनि प्रदर्शित गरिनेछ।

शुरुवाती चलचित्र हादिनेलेन्तुबारे: बाह्रौं श्रेणीका विद्यार्थी दीपा अनि हरिले शनिबारको दिन कलेजको समय सकिएपछि, कक्षामा दीपाको फोनबाट अन्तरङ्ग क्षण रेकर्ड गर्छन्। सोमबारको दिन, प्राचार्यले उनीहरूलाई बोलाएर उक्त भिडियो इन्टरनेटभरी छाएको बताउँछन्। उनीहरू परिवार हतप्रभ बन्दछन्। कलेज प्रशासनले उनीहरूलाई निष्कासित गर्ने निर्णय लिन्छ। तर उनीहरूका जातिको कुरा उठ्दा स्थिति नियन्त्रणदेखि बाहिर हुनपुग्दछ।

द शो मस्ट गो अनबारे: दशकौंको शिथिलतापछि, पारसी थिएटरका प्रतिष्ठित कलाकारहरू अन्तिमपटकका लागि मञ्चमा फर्कन्छन्। अभ्यासमा तनमन लगाइरहेको समय, यस वृत्तचित्रले अन्तिमपटक मञ्चमा प्रस्तुतिको कोशिश वर्णन गर्दछ। अभ्यासको क्रममा उनीहरूका रचनात्मकताले उनीहरूका नाता, संवेदनशीलताका साथै कोमल अनि विशिष्ट हास्य प्रदर्शित गर्दछ। तर अन्तिम प्रस्तुतिको ठीकअघि ठूलो विपत्ति आइपर्दछ। के यसले सबैथोक परिवर्तन गर्ने हो? वा प्रस्तुति जारी रहने हो? –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement