खरसाङ देवराली समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा धर्म गुरु पेम्बा रिम्पोर्छे (देव भरत लामा) ले भरे नामांकन पत्र

खरसाङ: जीटीए चुनाउको निम्ति खरसाङ २८ नम्बर समष्टि चिम्नी-देवरालीबाट देव भरत लामा (धर्म गुरू पेम्बा रिम्पोर्छे)ले आज निर्दल प्रार्थीको रूपमा आफ्नो उम्मेद्वारिताको नामांकन बुझाए। उनले आफ्नो नामांकन बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनी समष्टिवासीको आग्रहमा चुनाउमा खड़ा हुने सोच बनाएको जनाए। उनले खरसाङ देवराली समष्टिमा विभिन्न समस्याहरू रहेको औ ती समस्याहरूको समाधान गर्न आफु लागिपर्ने बताउँदै जीटीए जस्तो व्यवस्थामा केवल नेताहरू मात्र नआएर सबै वर्ग अनि क्षेत्रहरूबाट आउनु पर्ने बताए। स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनावको लागि खरसाङ देवराली समष्टिबाट नामांकन पत्र बुझाएपछि धर्म गुरु पेम्बा रिम्पोर्छे (देव भरत लामा)ले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा चुनाव प्रचार राजनैतिक पार्टीहरूले गर्छ तर म धर्म गुरु भएकोले चुनाव प्रचार गर्दिन तर जनताले आफै बुझेर भोट दिने आशा व्यक्त गरेका छन्। उनले मलाई समष्टीको जनताले नै उठाएको कारणले चुनाव जित्ने कुरामा निश्चित रहेको दाबी पनि गरेका छन् भने जीटीएको व्यवस्थामा कुनै राजनैतिक पार्टीको नेता मात्रै नभएर साधारण जनता अनि धर्म गुरुहरू पनि बस्न सक्छन् र कुनै व्यक्तिले पनि चौकीमा रहेर जनताको सेवा गर्न सक्छन् भनी बताएका छन्। पेम्बा रिम्पोर्छे (देव भरत लामा) ले आफुले कोरोना महामारीको समय जनताको धेरै सेवा गरेको र सरकारलाई पनि सहयोग गरेको भन्दै अब जनताको सेवा गर्नलाई पनि चुनावमा प्रार्थी उठेको बताउँदै मलाई जिताउन अघि आएर मसितै हिँड़ेर मात्रै होइन तर तपाईको इच्छानुसार आफ्नो संवैधानिक अधिकारको प्रयोग गरेर भोट हाल्न सक्ने अनि जनताले आफ्नो खुशीले भोट हालेर जिताउन सक्ने बताएका छन्। यसको साथै उनले खरसाङ देवराली समष्टीका सबै जनतालाई भोट गरेर जिताउने अनुरोध पनि गरेका छन्। उल्लेखनीय छ खरसाङ २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाक टिकटमा हिज नै शयाम शेर्पाले नामांकन पत्र बुझाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *