प्राविधिक र शैक्षणिक पद्धतिमा स्कूलहरूलाई अघि बढ़ाउन कार्यशाला

25dae593-e61a-4d19-b27a-59e75bcdacec

कालचिनी – विगत २०१८ सालदेखि नै कालचिनी पञ्चायत समिति र अहेड इनिसिएटिभको सम्झौता अनुरुप कालचिनी खण्डको प्रायः २० वटा स्कूलहरूलाई लिएर ती स्कूलहरूमा आईसीटी अर्थात इन्फोर्मेशन एन्ड टेक्नोलोजीको मातहत प्राविधिक र शैक्षणिक पद्धतिमा शिक्षण व्यवस्था सञ्चालन भइरहेको क्रममा आज कालचिनी पञ्चायत समितिको सभागृहमा अनुगमन कार्यशाला सम्पन्न भएको जानकारी कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्ष प्रेम लामाले दिएका छन्। आज उक्त कार्यशालामा २० वटा स्कूलका शिक्षकहरूको सहभागिता रहेको थियो भने कार्यशालामा अहेड इनिसिएटिभको प्रशिक्षक तथा कलकत्ता स्कूलका शिक्षक देवाशीष मण्डल एवम् कालचिनी एसीओ अपूर्व राय अहेड इनिसिएटिभको सपन दास र कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्ष प्रेम लामाको उपस्थितिमा प्रोजेक्टर मार्फत कार्यशालामा सहभागी शिक्षकहरूलाई टेक्नोलोजीकल र पेडागोजीकल पद्धति शिक्षाको थप जानकारी गराएको थियो।

उक्त कार्यशालामा सहभागी बनेका मेचपाड़ा एलएम प्रधान मेमोरियल एमएसकेका प्रधान शिक्षक किरण गुरुङले अहेड इनिसिएटिभको पहलमा कालचिनी पञ्चायत समितिको मातहत प्राविधिक र शैक्षणिक पद्धतिमा शिक्षण व्यवस्था अहिले राम्रो भएको र यसले स्कूलेहरूलाई अडियो भिडियो शिक्षा लगायत किचन गार्डेनिङ एवम् प्रकृति प्रेम विकसित भएको र पढ़ेर मात्र बुझ्न नसकेका विद्यार्थीहरूले पनि भिजुअल शिक्षा पश्चात धेरै बुझ्न सक्षम भइरहेको बताएका छन्। कार्यशालाबारे देवाशीष मण्डल र प्रेम लामाले वर्तमान शिक्षा प्रणालीमा दुवै टेक्नोलोजीकल र पेडागोजीकल पद्धति समावेशमा शिक्षा विभागले पनि शीलमोहर गरेको र यसले आधुनिक शिक्षासितै प्राक्रतिक संरक्षणमा पनि धेरै लाभ हुने र डिजिटल शिक्षाको विकास हुने कुरामा आफूहरू विश्वस्त रहेको जनाएका छन्।

About Author

Advertisement