खरसाङको अम्बटे पंखाबारी समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनावको लागि राजेन्द्र राजपूतले भरे नामांकन पत्र

खरसाङ: जीटीए चुनाउको निम्ति खरसाङ खण्ड अन्तर्गत अम्बटे-पंखाबारी ३० नम्बर समष्टिबाट निर्दल प्रार्थीको रूपमा आज राजेन्द्र सिंग राजपूतले नामांकन भरेका छन्। खरसाङको अम्बटे पंखाबारी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट हिज नै कल्पना प्रधानले नामांकन पत्र बुझाईसकेका छन्। नामांकन पत्र बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै चियाबारी क्षेत्रको समस्याहरू समाधान गर्न आफू यसरी निर्दल प्रार्थीको रूपमा चुनाउमा खड़ा भएको जनाए। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा म चियाबारी क्षेत्रको विभिन्न समस्याहरू समाधान गर्नलाई र यहाँ विकासको कार्य गर्नलाई अघि आएको बताएका छन्। स्वतन्त्र प्रार्थीको रुपमा नामांकन पत्र बुझाएपछि राजेन्द्र राजपुतले अघि भने -‘मेरो चाहाना छ कि कमाने आमाको छोराले पनि प्रशासन चलाउन सक्छ भन्ने उद्देश्यले पनि चुनावमा प्रार्थी उठेको हो। मैले धेरै पार्टीहरूको ट्रेड युनियनमा रहेर कार्य गरेको ह तर अहिले पहाड़मा राजनैतिक पार्टीहरूको अवस्थाले गर्दा जनता वाक्कै दिक्कै भएका छन् त्यसैले म जनताको सेवा गर्नलाई स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड़ने भएको हो।’
राजेन्द्र राजपूतले मेरो हाई कमान्ड नै जनता हो र म कर्ममा विस्वास गर्ने मान्छे हो अनि इमान्दारिता मेरो मूलमन्त्र हो भनी बताएका छन्। उनले हामी भ्रष्टाचारमुक्त व्यवस्था सिर्जना गर्नलाई नै चुनावमा आएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement