अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः संचालनमा आएको छ। एलन मस्कले आइतबार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। ‘मानिसहरूले बोलेका छन्। ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई, ‘मस्कले ट्वीट गरेका छन्। भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो,’ भन्ने हुन्छ।
यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा परेको छ। पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खाता शनिबार प्लेटफर्ममा पुनः देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन्। हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो। ट्विटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका थिए। सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका थिए।