भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले २ जूनको दिन खरसाङमा नामांकन पत्र बुझाउने

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आगामी जीटीए चुनावको लागि आगामी २ जूनको दिन आफ्नो नामांकन पत्र बुझाउने जानकारी प्राप्त भएको छ। आज खरसाङके पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव कमिटी अभिभावक फोरमको सदस्याद्वय आशा मुखिया लामा र उषाकिरण तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बताएका छन्। दुवैले जानकारी गराए अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमाभित्र पर्ने समष्टिहरूबाट नामांकन पत्र भर्ने कार्य गर्ने बताएका छन्। यस अन्तर्गत १ जूनको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने तकदाह ग्लेनवर्ण समष्टि, तकदाह टिस्टाभेल्ली समष्टि, तकलिङ पेशोक समष्टि र मंग्पु लाब्दा समष्टिके लागि टिकट पाएका प्रार्थीहरूले नामांकन पत्र बुझाउने जानकारी गराएका छन्। त्यसरी नै आगामी २ जूनको दिन पार्टीको अध्यक्ष अनित थापा लगायत अन्यले नामांकन पत्र बुझाउने बताएका छन्। दुवैले बताए अनुसार २ जूनको दिन सोनादा पचेङ समष्टी, खरसाङ गिध्द पहाड़ समष्टि, तीनधारे महानदी समष्टि र सिटोङ लाटपञ्जार समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूले नामांकन भर्ने भएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले कुन समष्टिबाट आफ्नो नामांकन पत्र बुझाउने बुझाउने विषयमा विराम लाग्दै 2 जूनको दिनमा नामांकन बुझाउने भएको छ। पार्टी अध्यक्ष अनित थापाले २ जूनको दिन नामांकन पत्र बुझाउने भएपछि उनले सिटोङ लाचपञ्जार समष्टि कि खरसाङ गिध्द पहाड़ समष्टिबाट आफ्नो नामांकन बुझाउने सम्भावना देखिएको छ। कारण २ जूनको दिन नामांकन भर्ने समष्टिहरूमा तीनधारे महानदी समष्टि र सोनादा पचेङ समष्टीको प्रार्थीको नाम पहिलेबाटै घोषणा भईसकेको छ। त्यसैले रहल दुईवटा समष्टिहरू सिटोङ लाचपञ्जार समष्टि र खरसाङ गिध्द पहाड़ समष्टिमा कुनैबाट पनिपार्टी अध्यक्ष अनित थापाले आफ्नो नामांकन पत्र बुझाउने सम्भावना रहेको देखिएको छ। उक्त दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिहरूका प्रार्थीहरू पनि उपस्थित रहने र सबै कार्यकर्ताहरुलाई रैलीमा उपस्थित भईदिने अनुरोध पनि दुवैले गरेका छन्। उक्त दिनको रैली खरसाङको टुरिस्ट लजबाट शुरु भएर खरसाङ बजार परिक्रमा गरी महकुमा शासकको कार्यालय पुगेर नामांकन पत्र बुझाउने जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *