इन्डोनेसियामा ५.६ रेक्टर स्केलको भूकम्प, ४४ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

Earthquake-copy-1

जकार्ता: दक्षिणपूर्वी एसियाली देश इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी ४४ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। रिक्टर स्केलमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ। यो भूकम्पले पश्चिम जाभा प्रान्तमा ठूलो क्षति पुर्याएको छ। भूकम्पको केन्द्रविन्दु पश्चिम जाभाको चियान्जुर शहर थियो। सरकारी अधिकारी हर्मन सुहरमानले मृत्यु हुनेको संख्या पुष्टि गरेका छन्।

हर्मनले मेट्रो टिभीलाई कम्तिमा ४४ जनाको ज्यान गएको बताए। सामाजिक सञ्जालमा शेयर भइरहेका भिडियोमा भूकम्पको समयमा भवनहरु हल्लिएको देखाइएको छ। अधिकारीहरूले चियान्जुरको भग्नावशेषबाट दुईजनालाई सकुशल निकालेको बताएका छन्। एकजनाको शव पनि फेला परेको छ। एक महिला र एक बालकलाई जीवितै उद्धार गर्न सफल भएको, जिल्ला प्रहरी प्रमुख डोनी हर्मवानले बताए। उनले अब यसबारे जानकारी मात्र दिनसक्ने बताए।

इन्डोनेसियाका स्थानीय सञ्चारमाध्यमले भूकम्पका कारण चियान्जुरमा धेरै भवन र छाना ढलेको देखाएको छ। इन्डोनेसियाको मौसम विभागले यस क्षेत्रमा अझै भूकम्प आउन सक्ने चेतावनी दिएको छ, त्यसैले सतर्क रहनुहोस्। उनले थप परकम्पहरु आउन सक्ने भएकाले भवन वरपरका क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई भने। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भूकम्पमा परी धेरैजसो भग्नावशेषमुनि पुरिएका र भाँचिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *