तकदाहः भारतीय जनता पार्टीको मण्डल अधिनस्थ बुथ कमिटीलाई विस्तार गर्दै तकदाह ग्लेनवर्ण मण्डल अधीनस्थ ग्लेनवर्ण चियाबारी सिकारीधुरामा ४० घर परिवारले भारतीय जनता पार्टीमा समर्थन जनाए पुरण राईको अध्यक्षतामा सम्पन्न एउटा सभामा भाजपा राज्य समिति सदस्य संजीव लामा, मण्डल अध्यक्ष सुकहाङ सुब्बाको बहुलीबाट पार्टीमा सामेल हुनेहरूलाई दलीय झण्डा र खदा लगाइ दिएर आप्नो पार्टीमा स्वागत जनाए। त्यसरी नै २४/३६ बुथ कमिटी पनि गठन गरियो, जसमा सभापति बिसन मुखिया, सचिव भुपेन राई लगायत २५ जनाको कार्यकारिणी कमिटी गठन गरियो। मण्डल महासचिव प्रदीप सोताङले सञ्चालन गरेको आजको यस समर्थन कार्यक्रममा मण्डल महासचिव बीके मुखिया, प्रवक्ता शरद राईले पनि आ-आफ्नो विचार पोखे।