दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको राहत वितरण जारी रहेको छ। हाम्रो पार्टीका अध्यक्ष एंव सभासद अजय एडवार्डसले गएको केही दिनअघि बन्द चिया बगानहरूमा राहत समाग्री वितरण गर्ने घोषणा गरेका थिए। अध्यक्ष एडवार्डसले आफूले गरेको घोषणालाई कार्य रूपमा परिणत गर्दै आइरहेका छन्। यसैक्रममा आज लोवर सिडर्स चिया बगानमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राहत समाग्री वितरण गरयो। यस अवधि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, सचिव जितेन राई आदि उपस्थित थिए। स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाएका छन्। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले बन्द चिया बगानहरूमा राहत समाग्री वितरणसंग संगै मेडिकल क्याम्प, आँखा जाँचआदि जस्ता कार्यक्रमहरू आयोजना गर्ने घोषणा पनि गरेका छन्।










