विश्व कपपछि सन्न्यास लिने डी मारियाको घोषणा

३१ मईः अर्जेण्टिनाका स्टार फूटबल खेलाड़ी एञ्जेल डी मारियाले मंगलवार यस साल कतरमा हुने फीफा विश्व कपपछि खेलबाट सन्न्यास लिने बताए। वेम्बलेले बुधवार इटलीको विरुद्ध खेलिने म्याचअघि डी मारियाले भने, विश्व कपपछि (सन्न्यासको) समय हुनेछ। अन्तर्राष्ट्रिय स्तरमा अहिले धेरैजना खेलाड़ीहरू रहेका छन्, जसको प्रदर्शनमा निरन्तर निखार आइरहेको छ। उनीहरूले समयको साथ शीर्ष स्तरमा छाप छोड़्नेछन्। ३४ वर्षीय विंगर डी मारियाले राष्ट्रिय टीमको निम्ति १२१ वटा म्याच खेलेर २४ गोल गरेका छन्। उनले गत वर्ष जुलाईमा कोपा अमेरिकाको फाइनलमा अर्जेण्टिनाको निम्ति एकमात्र गोल गरेका थिए अनि त्यही गोलले गर्दा ब्राजीललाई १-०-ले पराजित गरी अर्जेण्टिनाले २८ सालपछि आफ्नो पहिलो ठूलो खिताब जितेको थियो। डी मारियाले यस ग्रीष्मकालमा पेरिस सेण्ट जर्मेन (पीएसजी) क्लब पनि छोड़्नेछन् तर उनको नयाँ क्लब कुन हुनेछ भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *