२१ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो म्याचमा सियोकले गड़ी एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निशान्त छेत्रीले गोल गरे। यसरी नै दोस्रो म्याचमा रातोमाटे एफसी-ले जिम्बा गाउँ (मिरिक बस्ती)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रशान्त राई, अमर तामाङ र मोजेश दर्नालले गोल गरे।

यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।