सिलगढी: सिलगढी नजिकै जंगली बाबा मोड सन्यासी चिया बगान नजिकै ४०० ग्राम ब्राउन सुगरसहित मो अस्लम (२४) नामका युवकलाई प्रहरीले पक्राउ गरेको छ। उनी नक्सलबारी तोताराम जोतका बासिन्दा हुन्। गएराति उनी नक्सलबारीबाट सिलगढीतर्फ जाँदै थिए। सोही क्रममा सन्यासी चिया बगान नजिकै जंगलीबाबा मोडमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट नम्बर प्लेट नभएको ग्ल्यामर मोटरसाइकल समेत बरामद गरिएको छ। मोटरसाइकल चोरीको हो वा होइन भन्ने पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।