गोरुबथान: अनुज्ञालय गैर सरकारी संस्थाको आयोजनामा बडा फागु कम्युनिटि हलमा विश्व बाल बालिका दिवस पालन गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा ४३ नम्बर समष्टि रतन थापा थिए। अन्य अतिथिहरुमा गोपाल छेत्री, शुभराज सुब्बा, राजु मिजार तथा अन्य रहेको थिए।यस कार्यक्रममा स्वागत भाषण सुदिप बम्जनले राखेका थिए।उज्जवल राई तथा चिल्ड्रेन क्लबका सदस्यको संयुक्त सन्चालनमा सन्चालित यस कार्यक्रममा सबै अतिथीगणलाई फुलको विरुवा दिएर स्वागत गरियो। मुख्य अतिथि सभासद रतन थापाको बाहुलीबाट सम्पुर्ण भिजिलेन्स कमिटिलाई स्मृति चिन्ह प्रदान गरियो।यसै कार्यक्रममा गोपाल छेत्री र शुभराज सुब्बालाई पनि स्मृति चिन्ह प्रदान गरिएको थियो।