दालिम बन बस्तीका ६० घर भाजपामा सामेल

IMG-20221121-WA0091.jpg

गोरुबथान: पन्चायत चुनावको मिति नतोकिएता पनि पन्चायत चुनाव नजिकिँदैछ। सबै राजनैतिक दलहरु आआफ्नो ढंगमा आफ्नो दल विस्तारमा लागेका छन्। सबैले आ आफ्नो रणनीति तयार गरिरहेका छन्।गोरुबथानको दालि् बन बस्ती बाट ६० घरले भारतीय जनता पार्टीका झण्डा समातेर यस पार्टीलाई समर्थन जनाएका छन्। हिजो अपरान्हमा गोरुबथान मण्डलका सदस्यहरु दालिम बनबस्तिमा पुगेर त्यहाँको एस एस के विद्यालयको खेल मैदानमा एक सभा गरी मण्डल सभापति गणेश कुलुङ, आस कुमार तामाङ तथा अन्य सदस्यहरुको बाहुलीबाट झण्डा थापेर आफुहरु स्वइच्छाले भाजपामा सामेल भएका बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement