२१ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा मिरिक युनाइटेडले एफबीकेएल एफसी-लाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धुले ४४औं र ४९औं मिनटमा २ गोल गरे। यसबाहेक उज्जलले १२औं, आदित्यले २२औं र अलोकले ३९औं मिनटमा गोल गरे। यसरी नै एफबीकेएल एफसी-बाट अनिशले ६१औं र ७३औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा सिलगढ़ी एफसी-ले विंगर दुधेलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राणाले १०औं र २२औं मिनटमा गोल गरे। यसरी नै विंगर दुधेबाट सोहेलले ३९औं मिनटमा गोल गरे। तेस्रो म्याचमा मगरजुंग एफसी-ले मिरिक भिक्ट्री क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सुदर्शनले २०औं मिनटमा गरे।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।