सुकियापोखरी डिग्री कलेज सेमिफाइनलमा

IMG_20221121_101134.jpg

२१ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा आइतवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो । माझीधुरा खेल मैदानमा भएको म्याचमा स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा सुकियापोखरी डिग्री कलेजले नमो बुद्ध रिम्बिकलाई टाईब्रेकरमा ८-७-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा सुकियापोखरी डिग्री कलेजबाट मन्थन राई र नमो बुद्ध रिम्बिकबाट रुपन राईले गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement