श्री विभूजी महाराजद्वारा उत्तर पूर्वाञ्चल क्षेत्रको भ्रमण

00-IMG-20221120-WA0199

सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पुर्वाञ्चल क्षेत्रको तत्वावधानमा बर्षेनी सिलगढीमा सम्पन्न हुने सद्भावना सम्मेलन विगत दुई वर्षसम्म कोरोना कालको कारणले गर्दा सम्पन्न हुन सकेको थिएन। यस वर्ष यो सम्मेलन पूर्वकालमा झैँ सालुगढाको उत्तर पलासस्थित मानव धर्म मन्दिर परिसरमा आउँदो ३० र ३० र ३१ दिसम्बरको दिन भव्य रुपमा सम्पन्न हुने भएको छ। यो सम्मेलनले अहिले राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रीय स्तरको रुप लिइसकेकोले यहाँ भारतदेखि लिएर एशियाली अनि पश्चिमी देशहरूबाट पनि प्रेमी भगवद्भक्तहरूको उपस्थिति हुने गरेको छ। मानव उत्थान सेवा समिति उत्तर पुर्वाञ्चल क्षेत्र सूचना तथा प्रसार विभागका सचिवद्वय  माधव बुढाथोकी र मेघनाथ छेत्रीले प्रेस विज्ञप्तिमा यसरी बताएका छन्, ‘कार्यक्रमको बृहत रुपलाई मध्यनजरमा राखेर १६ नोभेम्बरदेखि २० नोभेम्बरसम्म सद्गुरुदेव श्री सतपालजी महाराजका ज्येष्ठ सुपुत्र श्री विभूजी महाराजले सिलगढी, दार्जीलिङ, गान्तोक र जयगाउँको भ्रमण सिद्याएर सिलगढी आइपुगेका छन्। १६ तारिक साँझ उनी सिलगढी हंस वेला आश्रम आइपुग्दा मानव सेवा दलको महिला टोलीले गार्ड अफ अनर प्रदानगर्दै भव्य स्वागत जनायोl’ मानव उत्थान सेवा समितिका केन्द्रीय स्तरका कार्यकर्त्तालगायत मानव सेवा दल अनि सन्त महात्माहरूलाई सम्बोधन गर्दै उनले यो कार्यक्रमको विशालतालाई मध्य नजरमा राखेर विशाल तयारी गर्ने अनुरोध गरेको विज्ञप्तिमा बताइएको छ। मानव जीवनमा भक्तिमार्गमा रहेर जीवनको वास्तविकताको बोध गर्ने आह्वान गरेl १८ तारिक उनले गान्तोक पुगेर कार्यकर्त्ता र मानव सेवा दलका स्वयं सेवकहरू अनि सिक्किम राज्यका प्रेमी भक्तहरूलाई उसरी नै सम्बोधन गर्दै मानव जीवनमा सेवा र भक्तिको औचित्यबारे बुझाए। विज्ञप्तिका अनुसार सिलगढीको सद्भावना सम्मेलनको औचित्य अनि यसले अन्तर्राष्टीय स्तरको सम्मान पाएको हुनाले यो हाम्रो निम्ति गर्वको विषय हो भन्दै यो सम्मेलनले स्थानिय नेपाली आदिवासी अनि छिमेकी राष्ट्र नेपाल र भुटानको संस्कृतिलाई पनि समेटेको हुन्छ भन्दै यहाँको सम्मेलनले जातीय संस्कृति र एकता, भाईचाराको सन्देश दिइरहेको हुनाले यो सम्मेलन यो क्षेत्रको महत्वपूर्ण सम्मेलन रहेको बताए। श्री विभूजी महाराज यो भ्रमण पुरा गरेर २१ तारिक दिल्ली फर्किने कार्यक्रम रहेको छ। उनको यो भ्रमणमा उत्तर पूर्वाञ्चलका अध्यक्ष महात्मा अदिना बाईजी उत्तर पूर्बाञ्लका प्रान्तपालभीम राई, मूल सचिव प्रकाश हाङखिम, सुरक्षा अधिकारी विष्णु प्रधान आदिले साथ दिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *