१०औं अन्तरराष्ट्रिय टूरिज्म मार्ट मिजोरमको राजधानी आइजलमा

1600x960_413562-466e9313-3344-4a16-bc9b-8ed22ff73555.jpg

गान्तोक। १०औं अन्तरराष्ट्रिय टूरिज्म मार्ट मिजोरमको राजधानी आइजलमा १७ देखि १९ नोभेम्बरसम्म आयोजन भयो। भारत सरकारको पर्यटन मन्त्रालयद्वारा वार्षिक रूपमा पूर्वोत्तर राज्यका विभिन्न ठाउॅंहरूमा आयोजन गरिने यस कार्यक्रमको उद्देश्य पूर्वोत्तर राज्यहरूका समृद्ध प्रकृति र सांस्कृतिक धरोहरको प्रवर्धन गर्नु हो।

यस कार्यक्रमको उद्घाटन केन्द्रिय पर्यटन, संस्कृति एवं डोनर मन्त्री जी. किशन रेड्डी र मिजोरमको मुख्यमन्त्री जोरमथाङ्गाले गरे। कार्यक्रमको सिक्किमको तर्फबाट पर्यटन विभागकी विशेष सचिव कर्मा डी., सहायक निदेशक प्रशान्त पाख्रीन र स्थानीय पर्यटन हितधारक लीपान्डी तार्गेन सहभागी बनेका थिए।

विशेष सचिवले आफ्ना प्रस्तुतिहरूको क्रममा सिक्किम सरकारले राज्यमा पर्यटनको विकासका लागि गरेका विभिन्न पहलहरूमाथि प्रकाश परेकी थिइन्। यसै गरी, उनी दीगो पर्यटन एवं राज्यमा पर्यटन निवेश अवसर सम्बन्धित प्यानल चर्चामा पनि सहभागी बनेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *