चाडको सुनखानीमा मजदुरबीच झगडा हुँदा १०० जनाको मृत्यु

Gang-Fight-1

अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीमा मजदुरहरूबीच भएको झगडामा करिब १०० जनाको मृत्यु भएको छ। झगडामा ४० जनाभन्दा बढी घाइते भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिएका छन्l लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो। सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ। १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए। सुन निकाल्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ। पछिल्लो झगडा मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए। घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *