गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एमबीबीएसका लागि क्वालीफाई गर्ने विद्यार्थीहरुसॅंग भेट गरेर उनीहरूलाई आर्थिक सहायता प्रदान गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्। मुख्यमन्त्रीले आज प्रेरणा लिम्बू, सबनम राई, सुनाहाङ लिम्बू र सृष्टि राईसॅंग भेट गरेको बताइएको छ।
मुख्यमन्त्री तामाङले शैक्षिक सत्र २०२२-२३ को निम्ति एमबीबीएसका लागि क्वालीफाई गर्ने चारजना विद्यार्थीसॅंग आज भेट गरेको जानकारी गराएका छन्। विद्यार्थीहरूलाई आफ्नो शिक्षा अगाडि बढाउन मुख्यमन्त्रीले आर्थिक सहायता प्रदान गरेको पनि जनाएका छन्। विद्यार्थीहरूले आफ्नो शिक्षाको क्षेत्रमा उत्कृष्टता हासिल गर्नेछन् र आफ्ना प्रयासहरूमा सफल बन्नेछन् भनी आशा व्यक्त गरेका छन्।