युनाइटेड ब्रदर्स फाइनलमा

IMG_20221120_220816.jpg

२० नोभेम्बरः दरमदिन खेलकुद संघ (डी.के.के.एस.), सिक्किमको तत्त्वावधानमा आयोजित मिनिस्टर्स गोल्ड कप इन्भिटेशनल फूटबल टुर्नामेण्ट (दोस्रो संस्करण)-मा कालेबुङको युनाइटेड ब्रदर्सले फाइनलमा स्थान बनायो। सोमबारिया स्कूल खेल मैदानमा आइतवार खेलिएको सेमिफाइनल म्याचमा युनाइटेड ब्रदर्सले सञ्जु फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ तामाङ, बसन्त राई र विशाल छेत्रीले १-१ गोल गरे। विजेता टीमका सुनिल मंग्रातीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल २३ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *