मञ्जुश्री गोल्ड कपः एमके बोइज प्री-क्वार्टर फाइनलमा

photocollage_202211202202662.jpg

२० नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा एमके बोइज, निरपानीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा शनिवार भएको म्याचमा एमके बोइजले यंग बोइज, जयगाउँलाई टाईब्रेकरमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका हेमन्त लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *