केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकार तीन दिवसीय सिक्किम भ्रमणमा

IMG-20221120-WA0225.jpg

गान्तोक: केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकार तीन दिवसीय भ्रमणको निम्ति आज सिक्किम आइपुगेका छन्। सिक्किम भ्रमणको क्रममा डा. सरकारले याङगाङस्थित सिक्किम विश्वविद्यालय परिसरको पनि भ्रमण गर्दै सिक्किम विश्वविद्यालयका अधिकारीहरूसँगको समीक्षा बैठकको अध्यक्षता गर्ने भएका छन्। यसपछि २२ नोभेम्बरको दिन दिल्ली प्रस्थान गर्नअघि, केन्द्रिय राज्यमन्त्री डा. सरकारले भिडियो कन्फरेन्सिङ मार्फत् दोस्रो रोजगार मेलाका साथमा प्रधानमन्त्रीद्वारा नियुक्ति पत्र वितरण कार्यक्रममा सहभागिता जनाउने भएका छन्। आज उनलाई शिक्षा विभागका उपनिर्देशक थुटुप ग्याछो भोटिया लगायत अन्य अधिकारीहरूले सिलगढीमा स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *