दोस्रो मिनिस्टर्स गोल्ड कपमा कालेबुङ फाइनल प्रवेश

IMG-20221120-WA0227.jpg

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत सोमबारे खेलमैदानमा सम्पन्न भइरहेको दोस्रो मन्त्री गोल्डकप फुटबल टुर्नामेन्टको पहिलो सेमिफाइनलमा युनाइटेड ब्रदर्स कालेबुङले घरेलु मैदानमा खेलिरहेको सञ्जु फुटबल एकाडमीलाई शुन्यको विरुद्ध तीन गोलले परास्त गर्दै फाइनलमा प्रवेश गरेको छ। खेल शुरु भएको सातौं मिनेटमा कालेबुङका स्टार खेलाडी बसन्त राईले प्रतिद्वन्द्वी टिमको गोलपोस्ट नजिक पाएको फ्रिकिकलाई स्वादिलो गोलमा परिणत गरि आफ्नो दललाई बढत दिलाए। दुवै दलले उत्कृष्ट प्रदर्शन गरेता पनि पहिलो हाफको खेलमा कालेबुङले एक गोलको बढत कायमै राख्यो।

दोस्रो हाफको खेलको ७५औं मिनेटमा कालेबुङका खेलाडी विशाल छेत्री (११)-ले अर्को गोल थपेर आफ्नो दललाई मजबुत स्थितिमा पुर्‍याए। खेलको अन्तिम क्षणमा कालेबुङका खेलाडी सौरव तामाङ (७)-ले टिमको लागि तेस्रो गोल गरेर जीत सुनिश्चित गरे। घरेलु मैदानमा दर्शकहरुको अपार समर्थन पाइरहेका सञ्जु फुटबल एकाडमीको फाइनलमा स्थान बनाउने सपना कालेबुङले चकनाचुर बनाएको छ।

उल्लेख्य, यस गोल्डकप टुर्नामेन्टका विजेता र उपविजेता दललाई आयोजक समितिद्घारा नगद राशि पाँच लाख र तीन लाख रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। यस प्रतियोगिताको फाइनल खेल आगामी २३ नोभेम्बरको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *