मानेबुङ देन्तामका पूर्व पञ्चायतहरूलाई विदाई र नव निर्वाचित पञ्चायतहरूलाई स्वागत जनाइयो

IMG_20221120_215504.jpg

गान्तोक: मानेबुङ देन्ताम समष्टि अन्तर्गत २७ हि ग्राम पन्चायत इकाईमा पूर्व पञ्चायतहरूलाई विदाईसँगै नवनिर्वाचित पञ्चायतहरूलाई स्वागत कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा नव निर्वाचित जिल्ला पञ्चायत र ग्राम पञ्चायतको स्वागतसँगै पूर्व पञ्चायतहरुको योगदानलाई कदर गर्दै सम्मान जनाइयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा पूर्ण हाङ सुब्बा लगायत पार्टीका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै पूर्व पञ्चायतहरूको कार्यकालमा भएको कामको विवरणसंगै नवनिर्वाचित पञ्चायतहरूसँग कागजपत्र हस्तान्तरण गरिने कार्य सम्पन्न भयो। यस अवसरमा पूर्व पञ्चायतहरूले आफ्नो कार्यकालको अनुभव पनि बाँडे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *