आक्रमण फुटबल क्लबद्वारा आयोजित बाल फुटबल क्याम्पको समापन

IMG_20221120_213838.jpg

गान्तोक: राज्यको एक प्रमुख फुटबल क्लब आक्रमण एफसी-ले बाल बालिकाको निम्ति ८ सप्ताहव्यापी फुटबल क्याम्प आयोजना गरेको थियो। क्याम्पमा ५ देखि १२ वर्षका ४५ भन्दा अधिक बाल बालिकाले सहभागिता जनाएका थिए। गत २४ सेप्टेम्बरदेखि आरम्भ भएको यस क्याम्पको आज समापन भयो। समापन कार्यक्रममा भारतका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाड़ी विकास जैरु मुख्य अतिथि रहेका थिए। मुख्य अतिथिको बाहुलीबाट क्याम्पमा सहभागी बाल बालिकालाई मेडल र प्रमाणपत्र प्रदान गरियो।

आक्रमण एफसी-का अद्यक्ष जिग्मी सिङ्गेकाअनुसार यस फुटबल क्याम्प आयोजना गर्नुको उद्देश्य बाल प्रतिभाहरूलाई अवसर प्रदान गर्नु रहेको छ। बाल बालिकालाई खेलकुदको महत्व बुझउनु पनि यस क्याम्पको उद्देश्य रहेको उनले थप बताए। क्याम्पको अन्तसम्ममा बाल बालिकमा खेलकुद र शारीरिक कशरतलाई लिएर सकरात्मक अनि उत्साहजनक परिवर्तन देखिएको उनको भनाइ रहेको छ। यसै सकरात्मक परिणामको कारण क्लबले आगामी दिनमा पनि यसरी नै क्याम्पहरू आयोजना गर्ने निर्णय गरेको पनि उनले जानकारी गराए।

यसरी नै एकजना व्यवसायिक फुटबलर तथा पूर्व भारतीय अन्तरर्षाट्रिय खेलाड़ी विकास जैरुले पत्रकारहरूसित कुराकानी गर्दै बाल बालिकाको निम्ति यस प्रकारको क्याम्प अत्यन्त महत्वपूर्ण रहेको बताए। यसको निम्ति उनले आक्रमण एफसी-लाई धन्यवाद दिए। यसको साथै उनले अभिभावकहरूलाई पनि आफ्ना नानीहरूलाई यस प्रकारको क्याम्पमा सहभागी बन्न प्रोत्साहित गर्ने आह्वान गरेका छन्।
कार्यक्रमको अन्तमा सबै सहभागी नानीहरूलाई मुख्य अतिथिको बाहुलीबाट प्रमाणपत्र र मेडल प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *