निःशुल्क स्वास्थ्य जाँच शिविर मङ्पुमा आयोजना

IMG_20221120_212748.jpg

मङपु: सिक्किम मणिपाल अस्पताल, कञ्चनजङ्घा ट्रस्ट अनि रिचिङ आउट फाउन्डेसनको संयुक्त आयोजनामा मङपुमा आज निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस शिविरमा ६३० जना बिरामीले स्वास्थ्य जाँच गराए। ति सबै मध्ये ८० जना बिरामीहरूलाई निःशुल्क अप्रेसन गराउनको निम्ति मणिपाल अस्पतालमा पठाउने भएको छ। गोजमुमो मङपु लाब्दा समष्टिको आयोजना सम्पन्न यस निःशुल्क स्वास्थ्य जाँच शिविरमा मोर्चा अध्यक्ष बिमल गुरुङ स्वयम् उपस्थित थिए।
रिचिङ आउट फाउन्डेसनका प्रमुख बासु राईले हालसम्म मोठ १० वटा शिविरको आयोजना गरिसकेको छ भने सिक्किम मणिपालमा ५०० भन्दा अधिक बिरामीहरूको निःशुल्क अप्रेसन गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement