विश्वकप फुटबल शुरु आजदेखि, दार्जिलिङमा फुटबल प्रेमीहरूले निकाले विराट रैली

FB_IMG_1668959105925.jpg

दार्जिलिङ: आजदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता शुरू हुन गइरहेको छ। जम्मा ३२ वटा देशहरू माझ भिडन्त हुने विश्वकप फुटबललाई लिएर दार्जिलिङका फुटबल प्रेमीहरूमा पनि अपार उत्साह देखियो। विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहको दिन दार्जिलिङ सहरमा उत्सवको माहौल देखापर्यो एडवार्डस फाउन्डेसन, दार्जिलिङ नगरपालिका र गौशाला एफसीको संयुक्त आयोजनामा दार्जिलिङको चौरस्तामा आयोजना गरेको कार्यक्रममा दार्जिलिङ पुलिस ब्यान्डले प्रदर्शन गर्यो। यसको साथै दार्जिलिङको चौरस्तादेखि नेहरू रोडस्थित केभेन्टर्ससम्म एउटा प्याली पनि निकालिइयो। या रैलीमा दार्जिलिङका युवा, वृद्धा लगायत पर्यटकहरूले अंश ग्रहण गरेका थिए।

यस रैलीमा सामेल हुनेहरूमा धेरैजसोले ब्राजिल र अर्जेन्टिना लगायत विश्वकप फुटबल प्रतियोगितामा सहभागी अन्य टोलीको जर्सी लगाएका थिए प्रत्येक चार वर्षमा दार्जिलिङ शहर विश्वकपमा सहभागी हुने विभिन्न टोलीको झण्डाले रङ्गिने गर्दछ भने यहाँको भित्ताहरूमा समेत विभिन्न टोलीको झण्डा अङ्कित गरिने गर्दछ।

यस अवसरमा एडवार्ड्स फाउन्डेसनका अजय एडवार्ड्सले भने, ‘हामीले दार्जिलिङलाई विश्वकपको सहर बनाएका छौं। जब हामी साना थियौँ त्यस समय धेरैजसोको घरमा टेलिभिजन नभएकोले गर्दा विश्वकप हेर्नको लागि धेरै टाढा जाने गर्थ्यो।” हामी फुटबललाई माया गछौं, यो हाम्रो लागि धर्म जस्तै हो भनी एडवाइसले बताए। फाइनलको दिन नेपाल र अन्य क्षेत्रका कलाकारहरू लगायत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएर फाइनलको जश्न मनाउनेछौं। तिनले बंगालका पर्यटकहरूलाई पनि फाइनलको आनन्द लिनको लागि दार्जिलिङ आउने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement