गुरू पेम्बा रिम्पोर्छेले निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन भरे

खरसाङ। जीटीए चुनाउको निम्ति खरसाङ २८ नम्बर समष्टि चिम्नी-देवरालीबाट धर्म गुरू पेम्बा रिम्पोर्छेले आज निर्दल प्रार्थीको रूपमा आफ्नो उम्मेद्वारिताको नामाङ्कन बुझाए। तिनले आफ्नो नामाङ्कन बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनी समष्टिवासीको आग्रहमा चुनाउमा खड़ा हुने सोच बनाएको जनाए। तिनले समष्टिमा विभिन्नहरू रहेको औ ती समस्याको समाधान गर्न आफू लागिपर्ने बताउँदै जीटीए जस्तो व्यवस्थामा केवल नेताहरू मात्र नआएर सबै वर्ग अनि क्षेत्रहरूबाट आउनु पर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *